header header
स्वतंत्रता संग्राम, समाजवादी आंदोलन व डॉ0 लोहिया
नेपाली क्रांति के वैचारिक गुरु डा0 लोहिया-
-प्रदीप गिरी
(‘‘प्रदीप गिरी नेपाल के प्रतिष्ठित सामयिक चिंतक राजनीतिज्ञ व सामाजिक कार्यकर्ता हैं। वे ‘समता नेपाल’ पत्रिका के प्रमुख सलाहकार होने के साथ-साथ रचनाधर्मिता से भी जुड़े हुए हैं। डा0 लोहिया का नेपाल से गहरा रिश्ता है। वे 1942-43 में कुछ समय नेपाल में ही रहकर भूमिगत आंदोलन को गति देते रहे राणाशाही व सामंती प्रथाओं के विरुद्ध चली नेपाली जनता के समर्थन में डा0 लोहिया सदैव खड़े रहे।’’)
डा0 राममनोहर लोहियाले नेपालका समस्यामा आजीवन गम्भीर चासो प्रदर्शन गर्नुभयो। उहाँका आखिरी दिनमा हामी केही नेपाली युवाहरू उहाँका सम्पर्कमा आएका थियौं। खास गरेर म र कांगे्रस नेता शेखर कोइरालाका दाजु निर॰जन कोइरालाले डा0 लोहियालाई दिल्लीमा उहाँको निवासमा भेटेको दिनको अनौठो सम्झना मसँग जीवित छ। सन् 1942 मा क्रान्तिको क्रममा जयप्रकाश नारायण र डा0 राममनोहर लोहिया सशस्त्र संगठनको तयारी र तालिमका सिलसिलामा सप्तरी जिल्लाको ‘कोशी टप्पु’ को जंगलमा आउनुभएको थियो। अंग्रेजका विरूद्धमा सशस्त्र संघर्षको तयारी र तालिम गर्दागदैं राणांले उहाँहरूलाई कारामुक्त गरे। नेपाली युवाहरूले त्यसमा भरमग्दुर सहयोग गरेका थिए। त्यसरी सहयोग गरे बापत नेपाली युवाहरू दण्डितसमेत भए। केही परिवारलाई ‘सर्वस्व’ खोसेर मुद्दा चलाइयो। त्यसरी मुद्दामा पर्ने जयमंगल सिंहका छोरा रामराजाप्रसाद सिंह आज पनि हाम्राबीच हुनुहुन्छ। त्यस्तै मुद्दामा पर्ने नेपाली कांगे्रसका महत्त्वपूर्ण नेता रामेश्वरप्रसाद सिंहका छोरा हिम्मत सिंह आज पनि सप्तरीमा राजनीति एवं वकालत कर्म गदैं हुनुहुन्छ। सन् 1942 को क्रान्तिमा नेपालमा पकाउ परेपछि निश्चय पनि लोहियाले नेपाललाई कहिलयै बिसर्नु भएन। 2007 साल को क्रान्तिको तयारीको क्रममा विश्वेश्वरप्रसाद कोइरालाले लोहियालाई सम्पर्क गर्नुभयो। त्यसभन्दा अघि पनि बीपीको लोहियासंग चिनजान थियो। डा0 राममनोहर लोहिया कांगे्रस सोसलिस्ट पार्टी का एक प्रमुख नेता हुनुहुन्थ्यो। बीपी कोइराला पनि कांग्रेस सोसलिस्ट पार्टी कै नेताको रूपमा भारतीय राजनीतिमा सक्रिय हुनुहुन्थ्यो। 1946 तिर अंगे्रजले भारत छोड्ने पक्कापक्की भइसकेको थियो। बीपी कोइरालाले त्यसपछि नेपालको राजनीतिमा सक्रियता देखाउन थाल्नुभएको हो। त्यस प्रक्रियामा बीपी कोइरालालाई जयप्रकाश र लोहियाले सर्वाधिक सहयोग गर्नुभएको थियो। प्रथम महायुद्धको लगत्तैपछि कार्ल माक्र्स का अनुयायीहरू दुई भागमा विभक्त भए। एकातिरका कम्युनिस्ट भए भने अर्कोतिर सोसल डेमोक्रयाट् भए। दुबै एक-अर्काका कट्टर विरोधी भए। आखिर कम्युनिस्ट र सोसल डेमोकयाट्हरूकै अविश्वास र लड़ाईका कारण जर्मनीमा हिटलरको उदयको दारूण समयमा लोहिया त्यहीं पढ्दै हुनुहुन्थ्यो। त्यहाँको पढ़ाई र बसाईले निश्चय पनि लोहयाको मनमा् दुबै प्रकारको माक्र्सवादप्रति वितृष्णा उत्पन्न भयो होला। एकातिर लोहियाले भारतमा गान्धीजी को उदाहरण दख्नुभएको थियो। आफ्नो विचार जे भए पनि गान्धीजीले सबैथरिका राष्ट्रवादी र क्रान्तिकारीलाई आफ्नो नेतृत्वको छायाँमुनि राख्ने सफलता प्राप्त गर्नुभएको थियो। गान्धीले नेतृत्व गरेको कांगे्रस पार्टीमा आपसी झगड़ा खुब हुन्थ्यो। तर ती सारा नेताहरूबीच आपसी सहिष्णुता र पारस्परिक सम्मान विद्यमान रहन्थ्यो। जर्मनीमा एकातिर सबैले माक्र्सको नाम लिन्थे भने अर्कोतिर माक्र्सका नाममा बनाइएका अलग-अलग पार्टीहरू आपसमा काटाकाट गर्थे। जर्मनीमा कम्युनिस्ट र सोसलिस्टको झगडाबाट हिटलरको प्रभुत्व झन्-झन् बलियो हुँदै गएको थियो। फ्रान्सको परिस्थिति अवश्य फरक थियो। फ्रान्समा त्यससमय त्यहाँको सोसलिस्ट पार्टीको नेता लियोन ब्लूम अपेक्षाकृत साँस्कृतिक एवं मानवतावादी रुझानका व्यक्ति थिए। लियोन ब्लूमले नेतृत्व गरेको सोसलिस्ट पार्टी र फ्रान्सका कम्युनिस्टहरू मिलेर त्यहाँ संयुक्त सरकार बनाउन समेत सफल भए। लियोन ब्लूम माक्र्सवादी थिएनन्। तर उनकै नेतृत्वको परिणामस्वरूप फ्रान्समा हिटलरजस्तो तानाशाहाको उदय रोकियो। वेलायतको आफ्नै इतिहास थियो। त्यहाँका लेबर पार्टीले थोरै समयका लागि बेलायतमा सरकार पनि बनायो। लेबर पार्टीका नेता रामजे म्याक्डेनोल्डको नेतृत्वमा तिनताक सरकार बनेको थियों। तर म्याक्डेनोल्ड भने अन्तमा त्याहँाको उदारवादी पार्टीसंग मिसिए। फ्रान्स र वेलायतका सोसलिस्ट पार्टीहरूले बिजातीय तत्वहरूसंँग मिलेकोले त्यहाँ हिटलरको उदय रोकियो। डा0 राममनोहर लोहियाले त्यो सबै अध्ययनका क्रममा नजिकबाट सुक्ष्मतापूर्वक नियालीरहनु भएको थियो। अन्ततः भारत फर्केर आउँदा निश्चय पनि उहाँ आफूलाई समाजवादी भन्नुहुन्थ्यो। तर उहाँको समाजवाद माक्र्सवादको पर्याय थिएन। लोहियाले आफूलाई कहिले पनि माक्र्सवादी भन्नुभएन। तर उहाँ माक्र्स विरोधी पनि बन्नुभएन। लोहियाको प्रसिद्ध कथन छ, कुनै पनि व्यक्तिको विचारलाई आफ्नो चिन्तनको केन्द्रमा राख्नुहुँदैन। लोहियाका अनुसार गान्धीवादी बन्नु पनि ठीक छैन। ठीक त्यस्तै गान्धी विरोधी बन्नु पनि ठीक छैन। माक्र्सको अन्ध समर्थक बन्नु ठीक छैन। ठीक त्यस्तै माक्र्सको विरोधी बन्नु पनि ठीक छैन। यो लोहियाको विचारको आधारभूत सुत्र हो। 1942 को भारतको जनविद्रोहमा जयप्रकाश र लोहियाको नेतृत्वमा युवा पिढीले शानदार भूमिका खेल्यो। कांगे्रस सोसलिस्ट पार्टी अत्यन्त लोकप्रिय भयो। त्यतिबेला गान्धी, जवाहरलाल, सरदार पटेल सबै जेलमा थिए। यता जयप्रकाश र लोहिया भने भारतीय स्वाधीनतालाई निष्कर्षमा पुन्याउनका लागि भूमिगत भएर संगठन गरिरहेका थिए। सप्तरी काण्डपछि जयप्रकाश र लोहिया पनि गिरफ्तार भए। 1946 मा भारत स्वाधीन हुने पक्का भएपछि जयप्रकाश र लोहिया रिहा भए। कारामुक्त भएपछि जयप्रकाश र लोहिया गान्धीजी को झन्-झन् नजिक पुगे। गान्धीजी त्यससमय भारत को विभाजन को विरोधमा हुनुहन्थ्यो। गान्धीजीलाई जयप्रकाश र लोहियाले भारत को विभाजनको विरोध को राजनीतिमा सकेसम्म मद्दत गरे। तर त्यतिबेला जयप्रकाश र लोहिया को सांगठनिक स्थिति त्यति मजबूत थिएन। जयप्रकाश र लोहियाको अकुण्ठित समर्थन पाउँदापाउँदे पनि गान्धीजीले भारतको विभाजन रोकन सम्भव थिएन। आखिरमा भारत स्वाधीन भयो। तर सँगसगै भारत विभाजित पनि भयो। विभाजित भारतको त्रासदीकेा अत्यन्त मार्मिक वर्णन लोहियाजीले आफ्ना रचनाहरूमा गर्नुभएको छ। उहाँको ‘भारत विभाजन का अपराधी’ भन्ने एउटा सिंगो पुस्तक छ। भारत स्वाधीन भएपछि जयप्रकाश, लोहिया र उहाँका मित्रहरूले कांगे्रस सोसलिस्ट पार्टीलाई तत्कालीन भारतीय राष्ट्रीय कांगे्रसबाट सम्बन्ध तोड्नु पर्ने अवस्था उत्पन्न भयो। कांगे्रस सोसलिस्ट पार्टीको ठाउँमा भारतमा सोसलिस्ट पार्टी को गठन भयो। त्यतिबेला सोसलिस्ट नेताहरू धेरै लोकप्रिय थिए। जयप्रकाशको सभामा नेहरू पछिको सबभन्दा ठूलो भीड लाग्थ्यो। लोहियाजी कदाचित जनता का बीचमा त्यतिबेला त्यति लोकप्रिकय हुनुहुन्नथ्यो। उहाँ नेताभन्दा पनि एउटा प्रखर सिद्धान्तकारका रूपमा सर्वमान्य हुनुहुन्थ्यो। सन 1947 देखि 1950 बीच का वर्षहरूमा लोहियाले ज्यादा समय नेपाली कांगे्रसलाई दिएको देखिन्छ। नेपाली कांगे्रसका बैठकहरूमा समेत उहाँ उपस्थित हुने गर्नुहुन्थ्यो। नेपाली कांगे्रसको सैद्धान्ति बहसलोई उहाँले दिशाबोध दिनुभएको देखिन्छ। तर सन् 1950-51 को क्रान्तिताका नै लोहियाले नेपालबाट आशा मार्नुभयो।
अनुक्रमण
डॉ0 लोहिया की कलम से
‘‘भारत की आजादी के लिए डा0 लोहिया ने कई बार कारावास की कठोर व क्रूर यातनायें झेली लेकिन स्वतंत्रता का कंटकाकीर्ण पथ नहीं छोड़ा। 1944-45 में उन्हें आगरा सेण्ट्रल जेल में बंदी बनाकर भयंकर पीड़ा दी गई जिसका वर्णन उन्होंने अपने वकील श्री मदन पित्ती को दिए गए वक्तव्य में किया है। 27 अक्टूबर 1945 को आगरा की जेल में दिए गए इस ऐतिहासिक बयान से स्पष्ट होता है कि ब्रिटानिय...